स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

१०० नंमा २३ प्रतिशत ब्लफकल

सेयर गर्नुहोस

रत्ननगर (चितवन), १५ साउन । अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नंमा एक चौथाइ ब्लफकल आउने गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दैनिक करिब ५०० वटा फोन प्रहरीको १०० नम्बरमा आउँछ । गत एक वर्षमा गरिएको अध्ययनमा आएको फोनमध्ये २३ प्रतिशत ब्लफकल हुने गरेको पाइएको हो । पाँच सेटमार्फत फोन उठाउने गरिएको प्रहरी नियन्त्रण कक्षमा रहेको उक्त हटलाइनमा अनावश्यक फोनले कहिलेकाहीँ प्रहरी हैरान हुने गरेका छन् ।

उक्त फोनमा सामान्य सोधपुछका ३७ प्रतिशत र सवारी दुर्घटनासम्बन्धी १८ प्रतिशत फोन आएको पाइएको छ । एक वर्षमा गरिएको अनुगमनमा घरायसी झगडासम्बन्धी पाँच प्रतिशत, सामान छुटेका बारे एक प्रतिशत, सामाजिक अशान्तिका १३ प्रतिशत र मानिस हराएका बारे तीन प्रतिशत फोन आएको पाइएको थापाले जानकारी दिनुभयो ।

ब्लफ कलले हैरान बनाउने गरेको प्रहरी नियन्त्रण कक्षका एक जना प्रहरीले बताउनुभयो । उहाँका अनुसार महिलाहरुले खाना खानुभयो, मलाई चिन्नु भएन जस्ता कुरा गर्ने, कहिलेकाहीँ किशोरकिशोरी र बच्चा जम्मा भएर हेल्लो प्रहरी कन्ट्रोल भनेर जिस्क्याउने, कुकुर भुकेको आवाज सुनाउने र रोएको आवाज सुनाइदिने गरेका छन् ।

कतिपयलाई फोन गरेरै अभिभावकलाई सम्झाउने गरिएको उहाँको भनाइ छ । चितवन प्रहरीले सामुदायिक सेवामार्फत नागरिक सहायता कक्षबाट गत एक वर्षमा २८ हजार ३९५ जनालाई सेवा पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
––––––––

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -