स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

लघुचलचित्र प्रतियोगितामा “चण्डिका” सर्वोत्कृष्ठ

सेयर गर्नुहोस

काठमाडौँ, २३ वैशाख । नेपाली सेनाद्वारा आयोजित यस वर्षको लघु चलचित्र प्रतियोगितामा “चण्डिका” सर्वोत्कृष्ट घोषित भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा दिनेशकुमार प्रजापतिले निर्माण गर्नुभएको उक्त चलचित्रलाई रु दुई लाख नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा कृष्णशरण बुढाथोकीको ‘कल अफ डियुटी’ दोस्रो भयो भने सागर अर्यालले निर्माण गर्नुभएको ‘प्रेरणा’ लघुचलचित्रले तेस्रो पुरस्कार प्राप्त गर्न सफल भयो । दोस्रो र तेस्रो हुनेलाई क्रमश रु एकलाख पचास हजार र एकलाख नगद पुरस्कार तथा प्रशंसा–पत्र प्रदान गरियो ।

नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित र नवप्रवेशी कलाकार एवम् चलचित्र निर्मातालाई प्रोत्साहित गर्दै प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र निर्माण गरी मुलुकको कला, संस्कृति र पहिचानलाई मजबुत बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

समारोहमा नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक २०७३” तथा “शिवपुरी जर्नल–२०१६” मा प्रकाशित लेखका सर्जकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -